Saturday, August 20, 2022
Sunday, July 24, 2022
Sunday, January 16, 2022
पढेर पार लाग्छ
शम्भु सुस्केरा
स्कुल कलेज पढ्दा दिक्दारी पोख्थ्यौँ
'पढेर पार लाग्दैन' भनेर । जब पढ्दापढ्दा दिक्क लाग्थ्यो वा जति पढे पनि दिमागमा
घुस्दैनथ्यो अनि निस्किन्थ्यो मुखबाट यस्तो प्रतिक्रिया। सायद पढाइमा औसतस्तरका
सबै विद्यार्थीलाई यस्तै लाग्ला ।
'तैँले पढेर खाँदैनस्' आफ्ना बालबालिकाले पढ्न
अल्छी गरे वा परिक्षामा कम नम्बर ल्याए भने अभिभावकले पनि यसो भनेको सुनिन्छ । तर
पनि नपढी धर छैन । त्यसैले त पढेर कहिले सकिएला भन्ने चिन्ता सबै विद्यार्थीको तनावको
विषय हुन सक्छ ।
बाध्यात्मक पढाइमा यस्तो लागे पनि रहरको पढाइमा
यस्तो हुँदैन । रहरको पढाइ भनेको आफूलाई मन परेको, पाठ्यपुस्तक भन्दा बाहिरको
पुस्तक पढ्नु हो । औपचारिक पढाइ सकेपछि मन परेको पुस्तक फुर्सदमा वा फुर्सद निकाले
पढ्दाको मजा अर्कै हुन्छ ।
केही वर्षदेखि पुस्तक पसलेको व्यापार कम भएको छ
भने इन्टरनेट कंपनी र मोबाइल कंपनीको व्यापार बढेको छ भन्ने कुरा सहजै अनुमान गर्न
सकिन्छ ।
पुस्तक, मोबाइल र इन्टरनेले दिने लाभ एकै हो त ?
गहन बहस गर्न सकिन्छ यस विषयमा । तर्क क्षमता भएकाले जुनसुकै विषयको पक्ष लिए पनि
बहस जित्न सक्छन् ।
तर सत्य यो होइन । पुस्तक पुस्तक नै हो पुस्तकलाई
हराउन प्रविधिले सक्दैन । बरू कतिपय अवस्थामा प्रविधिले मानिसको क्षमतामा ह्रास
ल्याएको छ ।
यात्रा गर्दासमेत पुस्तक पढेको देखिने
पश्चिमाहरुले प्रविधिको उपयोग गरिसकेर, स्वाद चाखिसकेर पुस्ततिर नै फर्किएका हुन्
भन्न सकिन्छ । पुस्तकले दिने आनन्द अन्त नभेटेर पनि उनीहरूले यसैलाई प्रेम गरेका
हुन् भन्न सकिन्छ । तर मसँग यसकाबारेमा कसैले तयार पारेको रिपोर्ट चाहिँ छैन । पाठकलाई
खोजको विषय बन्न सक्छ ।
अनुभवका आधारमा भन्न सकिने केहो भने प्रविधिको
अधिक प्रयोगले मानिसको रचनात्मक क्षमता घटाउने मात्र होइन मानसिक र शारिरीक
स्वाश्यमा समेत नकारात्मक असर गर्छ ।पुस्तक पढ्ने बानीले यसको ठिक उल्टो प्रभाव
पार्दछ ।
त्यसैले बानी छुटेको छ भने पनि पुस्तक पढ्न थालौँ
। सुचना प्रविधिको यो युगमा एउटा डिभाइसले संसारका सबै कुरा दिन्छ । थप मूल्य
तिरेर किन अनेक थरी पुस्तक किन्नु ? सामान्य सत्य जस्तो लागे पनि यो पूर्ण सत्य
होइन । पुस्तक मानषपटल र घर दुवै स्थानमा सङ्ग्रहित गर्न सकिने सम्पति हो ।
प्रविधिको कहिल्यै भर हुँदैन ।
सामान्यतया डिभाइस वा पुस्तक जेमा पढे पनि
पढाइबाट प्राप्त हुने कुरा समान हो । तर त्यसको सकारात्मक र नकारात्मक प्रभावको
बारेमा माथि भनियो । तपाईले थप खोज गर्न सक्नुहुनेछ ।
अब चर्चा गरौँ । पढ्नु र नपढ्नुको भेद । वा
पढ्नु, सुन्नु वा हेर्नुबाट पाइने आनन्दको भेद ।
पढ्नेहरुको शब्द भन्डार बढ्ने त छँदै छ सूचना र
ज्ञानको भण्डार समेत बढ्दछ । पुस्तक र फुर्सद छ भने जहाँ जतिबेला पनि पढ्न सकिन्छ
। कहीँ कसैलाई पर्खिनुपर्दाको दिक्दारमा बाटोमा उभिएरै समयको सदुपयोग गर्न पनि
सकिन्छ । अध्ययनले मानसिक सक्रियता र सिर्जनात्मक क्षमता पनि बढाउँछ । कहिले कहिँ
कसैको एउटा कविता पढ्दा अर्को सुन्दर कविता जन्मिएका उदाहरणहरू धेरैसँग छन् ।
त्यसैले जज वर्नार्ड शले भनेका होलान् एउटा पुस्तक लेख्न सयओटा पुस्तक पढ ।
मानिस तनाव व्यवस्थापनका लागि अनेक तरिका खोज्छ ।
तर अध्ययन गर्नेहरू स्वयंमा कम चिन्तित हुन्छन् भनिन्छ । उनीहरू आफूलाई आइपरेको
जस्तोसुकै अप्ठ्यारोबाट आफूलाई बाहिर निकाल् सक्छन् नै अरुलाई पनि असहज परिस्थितिबाट
सहजतातिर लैजान सक्छन् । मुख्य कुरो त के हो भने संसारका प्रखरवक्ताहरूको वकृत्व क्षमता
सम्बन्धित विषयको व्यवस्थित अध्ययनबाटै बढेको हो ।
अध्यन गर्ने, टिपोट गर्ने, सम्झिने र लेख्ने
बानीले बोल्नका लागि समेत सहयोग गर्दछ । त्यसैले भनिन्छ पुस्तक ज्ञान र अनुभवको
श्रृङ्खला हो यसले जीवन बाँच्न त सिकाउँछ नै मृत्यु बुझ्न र त्यसलाई स्वीकार गर्न
समेत सहज बनाउँछ रे ।
के पढ्ने र कसरी पढ्ने भन्ने जिज्ञासा हुन सक्छ ।
पढ्नका लागि आफ्नो रुचीको विषय हुनुपर्दछ भने कतिपय अवस्थामा जीवन उपयोगी पुस्तक
पनि खोजेर पढ्नुपर्ने हुन्छ ।
कतिपय मानिसहरू आजकाल किताबको चाङको फोटो खिचेर
सामाजिक सञ्जालमा देखाउने गर्छन् । तर धेरै ओटा पुस्तक पढेर संङ्ख्याको रेकर्ड राख्नुभन्दा एउटा किताब
मिहिन ढंगले धेरै पटक पढ्दा कहिल्यै नबिर्सिने गरी महत्वपूर्ण कुरा सिकिन्छ ।
धेरैओटा खेल खेल्ने खेलाडिभन्दा लामो समय एउटै खेल खेलेको खेलाडिले राम्रो नतिजा
दिएका छन् ।
पढ्दा हतार नगरी पढ्ने, आफ्नै पुस्तक हो भने मन
परेको कुरा अण्डरलाईन गर्ने, अरुको मागेर पढेको भए कपिमा टिपोट गर्दै पढ्ने ।
पढेको कुरा एकछिन रोकिएर मनन गर्दै पढ्ने गर्दा दिमागमा छापिएर बस्न सक्छ । टिपोट गरेको
कुरा सङ्ग्रह गरेर राख्नाले पछि लेख्न र त्यस विषयमा बोल्न समेत सहयोग गर्दछ ।प्रखर
वक्ताहरू यसै गर्ने गर्दछन् ।
पढेर कति काम लाग्छ भन्ने कुरा के सोचले कसरी
पढिन्छ भन्ने कुराले पनि अर्थ राख्छ ।
त्यसैले पढ्दाखेरि सुचना पहिल्याउने भन्दा पनि त्यसबाट जीवन बदल्नका लागि उपयोग
गर्छु भन्ने सोच बनाएर पढ्न सके बढी फलदायी हुन्छ । पुस्तक अध्ययनका लाभ धेरै
रहेछन् भन्ने त थाहा भयो तर पढन अल्छि लाग्छ वा पढ्न रुचि नै हुँदैन के गर्ने
भन्ने प्रश्न उठ्न सक्छ । त्यसो हो भने जे गर्न मन लाग्दैन बारम्बार त्यही गरिरहने
हो भने एक दिन बानी बन्न सक्छ । त्यसका लागि रुटिन बनाएर नियमित एक्काईस दिनसम्म
दैनिक पढ्नाले पढ्ने बानीको विकास हुन्छ ।
पढदाखेरि एकान्तमा एक्लै वा समुहमा
चर्चा गर्दै जसरी रमाईलो हुन्छ त्यसरी पढने गर्नुपर्छ ।
'रिडर्स आर लिडर्स, लिडर्स सुड बी रिडर' यो सत्य
हो । त्यसैले भनिन्छ जसले अध्ययन र सिकाइलाई रोक्छ उसको सफलता पनि रोकिन्छ । यसमा
विवाद गर्नुपर्ने कारण छैन बरू अनुसरण गरियो भने आफ्नै हित हुनेछ ।
संसारलाई अगुवाइ गर्नेहरुले कितावमात्र होइन
विश्वलाई अध्ययन गर्दछन्, मानवको स्वाभावलाई अध्ययन गर्दछन् । आफूले अगुवाइ
गर्नुपर्ने विषयलाई अझ बढी अध्ययन गर्दछन् ।
सकेसम्म पुस्तक नै अध्ययनगरौँ । डिभाइस सजिलो
लाग्छ भने त्यसमा पनि अनलाइन वा डाउनलोड पढ्न सकिन्छ । तर एकसाथ लामो समय बसियो
भने शारिरीक समस्याहरु आउँछ भन्छन् चिकित्सकहरु यसलाई पनि ख्याल गरौँ । तर पढ्ने
वानीको विकास गरौँ । विनास नगरौँ ।
Tuesday, May 25, 2021
https://rojgarmanch.com/opinion/2021/01/19778/संस्मरण : सिपाही भाइलाई श्रद्दाञ्जली !
संस्मरण : सिपाही भाइलाई श्रद्दाञ्जली !
- पुस २५, २०७७
सतहत्तर साल पुष ८ गते बुधबार । दुस्खद खबरको बार भइदियो एकाएक ।
बिहानै आएको एउटा खबर स् वासु ढुंगानाको अमेरिकामा निधन भयो रे त । कन्काई नगरपालिका वडा नम्डर १ प्रजापतिमा उनको घर, अहिले गरमकालीमा छ एउटा घर जहाँ उनका भाइ गोपाल बस्छन् । अर्को घर लक्ष्मीपुरमा छ रे जहाँ उनकी आमा र श्रीमती बस्छन् ।
छिनमै अर्को खबर आयो – तल्तो गाउँको डाँगी जेठाकी बुहारीले आत्महत्या गरीन् रे ।
छोरो डिभि भिसा मार्फत अमेरिकामा बस्ने, बुहारी घरैमा सासुससुराको सेवा गरेर बसेकी थिइन् रे । सासु ससुराकी प्यारी नै थिइन् । उताबाट लोग्नेले कुनै पीडा दियो होला र त आत्महत्या गरी । कुरा अनेक चले ।
गए राति निलम राई पनि बित्यो रे । छिनमै आएको अर्को खबर ।
हे भगवान ! के भएको यस्तो ? मृत्युका खबरमात्र किन आइरहेका छन् पानीझैँ दर्केर । यो संयोग मात्रै हो कि सृङ्खलाको सुरुवात । मनमा भय उम्रियो एकाएक ।
मृत्यहरुमा चर्चा चल्न थाल्यो गरमकाली चौकमा । समुहको चर्चाबिच म एक्लो जस्तो भइरहेको छु, बिचारसून्य । निलम राईको मृत्यु, उसँगको मेरो बाल्यकाल र स्कुले जीवन उफ्रीउफ्री आइरह्यो मनमस्तिष्कमा ।
उसको घर मेरोभन्दा ५ मिनेट पश्चिम जामुनाबारीमा पर्थ्यो । सरस्वती प्रावि जामुनाबारीमा शिशु कक्षादेखि सँगै पढ्यौँ । कन्काई माविमा ९ कक्षासम्म सँगै पढ्यौँ ।
साह्रै कम मान्छेमा हुने खालको उटपट्याङ् स्वाभाव उसको । आफूले रमाइलो गर्दा अरूको मन दुख्छ भन्ने कुरा पटक्कै नभएको । तर मनचाहिँ नदीको पानीजस्तै सङ्लो, एकदमै बालापन ।
के भएर बितेछ यार । यादहरू भङ्ग गर्दै बिस्तारै फुसफुसाएँ म ।
खाइ बिमार हो दाइ खाइ बिमार । रामकृष्ण नेपालले प्रतिक्रिया दिए ।
अति नै पिउने । पिएरै रोगाएछ । भद्रपुर बस्ने उसलाई उसका दिदीबहिनीले घरैमा ल्याएर उपचार गरेपछि तङ्ग्रिएको थियो । गाउँघर, आफन्त सबैले रक्सी नखान र यतै आमा दिदीसँगै बस्न अनुरोध गरे । तर मानेन । सानो छोरो र श्रीमतीका साथ साउनमा भद्रपुर गइछाड्यो ।
फेरि सुरु भएछ पिउने क्रम । त्यसबेला लाख बिन्ति गर्दा नसुध्रिएको मान्छे मर्नुअघिल्लो दिन सुधार केन्द्र गएछ । मनमा के आयो कुन्नी जामुनाबारीमा दिदी र काठमाडौँमा भाइलाई फोन गरिवरी गएको रे । सानो छोरो, अल्लारे श्रीमती, यिनका लागि पनि सुध्रिनु पर्छ भन्ने लाग्यो होला सायद ।
उसको सुध्रिने कुरा सुनेर सबै खुशी भए । तर दुर्भाग्य उसको निर्णय नै ढिलो गरी आएछ, त्योभन्दा छिटो उसको मृत्यु आइसकेको रहेछ । सुधारकेन्द्र पुगेकै रात उसको हालत नाजुक भएछ । हतारमा अस्पताल पुर्याउँदा सास गइसकेको रहेछ ।
मित्रहरू देबी अधिकारी, छत्र बोहोरा, छत्र बस्नेत र दुर्गा भण्डारीहरू
बितेर गए अल्पायुमै । तर कसैको मलामी जान नजुरेको मलाई निलमकै मलामी जान
झापा आएको रहेछु ।
कन्काई घाटको पूर्वी किनाराको सबैभन्दा उत्तरको चितामा जलिरहेछ ऊ, उभन्दा तलतिर डाँगी दाइकी बुहारी ।
उमेरले मभन्दा केही महिना जेठो तर बिहे मभन्दा पछि गरेछ । उसको ५ वर्षे छोरो र युवा वयकी श्रीमतीको अनुहार, उसकी आमा, दिदी, बहिनी र भाइको रोदन सहीसक्नु थिएन हेर्नेका लागि।
अलेली याद छ उसलाई सबैले सिपाही भाइ भन्थे । उसका बा वन रक्षक थिए वर्दीधारी । त्यसैले होला सबैले उसलाई मायाले सिपाही भाइ भन्थे । तर ऊ ठूलो हुँदै गएपछि उसलाई जिस्क्याउने नाम बन्यो ।
९ कक्षासम्म पढ्दाको मिलन ऊ, धुलाबारी गएर रोशन बनेर पढेछ ।
त्यही सिपाही भाई, निलम र रोशन एकसाथ जलिरहेको साक्षी बसिरहेछु आज म । तैले त बाँचुन्जेल पनि खुब सताइस्, मरेपछि पनि आफू जलेर मेरो मन पनि जलाइस्, मेरा आँखाका डिल र मनको कुनो यस्तै बोल्दै थिए कसैले नसुन्ने गरी ।
उसँगका स्मृतिहरु चिताको आगो सरी फरफराइरहे मेरा सम्झनामा । कसैलाई दुखोस् की पोलोस्, ख्यालै नगरी बोल्ने, हाँसी दिने । चिनेको होस् वा अन्जान जो देख्यो भने पनि भनिदिने आम्मामा कत्रो ठूलो नाक, कस्तो कुरुप अनुहार । साथीभाइ होस् वा आफूभन्दा सिनियर कस्ती मोटी तेरी श्रीमती भनिदिने ।
आफ्ना कुराले रिसाए भने गलल हाँस्ने ऊ । सबैसँग समान किसिमले यस्तै व्यवहार गर्थ्यो ।
म पनि ६ कक्षादेखि सुरुङ्गा स्कुल पढ्न थालेँ । अरुका छोराछोरी साइकलमा गएको देखेर होला आमाको मन न हो मलाई पनि तीनसयमा एउटा थोत्रो साइकल किनिदिनु भयो आमाले । मर्मत गरेर चढ्न थालेँ ।
साइकलमा सानले स्कुल जान थालेको मलाई मेरै साथी घाँडो भइदियो ।
साइकलमै स्कुल जाने ऊ स्कुलबाट फर्किँदा मेरो पछिपछि हुन्थ्यो । परबाट तिब्र गतिमा ल्याएर ड्याम्म मेरो साइकलमा ठोक्काउँथ्यो उसको साइकल । ऊ अघि जाओस् भनेर म रोकिन्थेँ तर जाँदैनथ्यो । हाँसेर पर्खिरहन्थ्यो ।
एक दिन म हिँडेर आउँदैथिएँ, ऊ पनि मेरो पछिपछि हिँडेरै आउँदैरहेछ ।
सिमसिम पानी परिरहेको थियो । ओइ शम्भु तेरो गणित किताब ले त भन्यो । केही
नसोधी, केही नसोची दिएँ ।
ऊ मभन्दा अघि फटाफट हिँड्यो र मेरो किताब पल्टाएर उत्तानो पारेर टाउकोमा
ओढ्यो पो । उसको व्यवहारले एकछिन अलमल्ल परेँ र किताब थुत्न उसको पछि दौडेँ
। ऊ झन दौडियो । करिब आधा घण्टाको बाटो ऊ अघि म पछि दौडिरह्यौँ ।
आफुसँग भएका किताब पनि पानीबाट जोगाउनु थियो । उसलाई भेट्न सकिन । उसको घर नजिक चोकमा फुत्त किताब फालेर घरतिर लाग्यो । किताब टिपेर म उसको पछि लागेँ । आजचाहिँ भकुर्छु भन्ने नै छ रिस ।
ऊ घरभित्र पसेन टाँडे घरको वरिपरि दौडियो, म उसको पछिपछि । दुईचार चक्कर काटेर माथि चढ्यो र ढोका लगायो । म फर्किएँ ।
सुरूङ्गा गाविसको वडा नम्बर १ मेरो, उसको ३ । हरेक वर्षजसो जामुनाबारीको चौरमा वडा स्तरीय फुटबल खेल हुने गर्दथ्यो । प्रायस् फाइनल प्रतिष्पर्धा १ र ३ कै हुने गर्दथ्यो । वर्ष यकिन छैन, आयोजक समितिको तर्फबाट म सहसचिब थिएँ ।
वडा नम्बर १ र ३ को खेल चलिरहँदा विवाद भयो । १ नम्बरका खेलाडि जंग थापाले आफ्नै छिमेकी ३ नम्बरका खेलाडि साथीबाट कुटाइ खाए । समितिको तर्फबाट हामी सबै चौरमा गयौँ । विवाद मत्थर गरेर पुनस् खेल संचालन गर्नुथियो । हुलकोबिचमा थिएँ म । बोल्दैबोल्दै यसो आकासतिर के आँखा परेका थिए निलम त आफ्ना दुई हातलाई बन्चरोजस्तो बनाएर मेरो टाउकोमा प्रहार गर्न लागेको थियो ।
मैले देख्नासाथ हिहि गर्दै हाँसेर पछि हट्यो ।
अर्को अनुभव छ खेलकै । मेरो घर नजिक गरमकालीस्थित जंगलको किनारमा भएको सानो चौरमा बालबालिकाका लागि फुटवल र ठूलाहरुका लागि अन्य खेलहरु आयोजना गरेका थियौँ । हाल एपिएफ क्लबको खेलाडि रहेको उसको भाइ १३ वर्ष नाघेको कारण ३ नम्बर वडाको टिमबाट खेल्न पाएन । आफ्नो भाइले खेल्न नपाएका कारण रिसले जंगलको बाटो हुँदै मलाई काट्न खुकुरी बोकेर आएको रहेछ ।
गाउँका महिला केटाकेटीहरू खुब डराए । मलाई थाहा थियो उसले मलाई कहिल्यै प्रहार गर्दैन । गरेन पनि । मेरो छेउमै आएन । खेल पनि अवरोध गरेन ।
उसको स्वाभावजस्तै बिचित्रको सम्बन्ध थियो उसको र मेरो । ऊ भद्रपुरतिर लागेछ । म प्रहरी सेवामा आएँ । त्यसपछि भेटघाट हरायो ।
केही वर्षअघि एउटा नयाँ नम्बरबाट फोन आयो । मैले उठाएँ । ओइ ! पुलिस भएर मनपरी गरेको छस्, तँलाई ठिक पारौँ भन्यो ।
कोहो तपाई भनेर सोधेँ । म जोसुकै हुँ, तँ सुध्री भन्यो । तपाई अख्तियारको प्रमुख भए पनि यसरी प्रस्तुत हुन मिल्दैन । तपाईलाई कसले के सुचना दियो मलाई थाहा छैन । पहिले मलाई चिन्नुस्, आफूले पाएको सुचनाको सही विश्लेषण गर्नुस् अनि अनुसन्धान गर्न मन लागे गर्नुहोला । तर यस्तो असभ्य व्यवहार प्रस्तुत नगर्नुस् ।
मेरो कुरा सुनेर ऊ गलल हाँस्यो र भन्यो ओइ चिनिनस् म निलम राई । एकछिन त्यस्तै अन्टसन्ट कुराकानी भए । अरु साथी र दाइहरुलाई पनि यसै गरी थर्काउँदा त उनीहरु डराएका थिए । को हजुर, बसेर कुरा गरौँ सर भन्थे तँ त डराइनस् भन्यो ।
गल्ति गरेपो डराउनु । मैँले जवाफ दिएँ ।
त्यसपछि पनि एकदुई पटक नयाँ नम्बरबाटै फोन गर्यो । तर परिचय दिन्थ्यो पहिले ।
सम्बन्ध सौहार्द्र पनि भएन, सत्रुता पनि रहेन, मित्रता अनौठो रहिरह्यो । माया बसिरह्यो एकअर्कामा । व्यक्तिगत र पारिवारिक समस्या साझेदारी गर्ने निकट साथिहरूको मलामी जाने अवसर जुरेन ।
कस्तो संयोग निलम ! तेरो चिता जलेको हेरिरहेको छु । भिजेका आँखाले साक्षी बसिरहेको छु म । सायद तँ हाँसिरहेको होलास् हगि मलाई देखेर ।
तेरो स्वाभाव र साथित्वको फोटो मेरो मनमा सधैँ रहिरहनेछ । हार्दिक श्रद्दान्जली सिपाही भाइ, बैकुण्ठ बास होस्
https://rojgarmanch.com/opinion/2021/05/24592/‘अपराधी र राजनीतिज्ञको चरित्र फरक देखिएन’
अपराधि र राजनीतिज्ञको चरित्र फरक देखिएन
‘अपराधी र राजनीतिज्ञको चरित्र फरक देखिएन’
- जेष्ठ १, २०७८
सन १९३१ मे ७ मा अमेरिकास्थित न्युयोर्कको एक गिरफ्तारी उनीहरूका लागि सबैभन्दा चर्चित गिरफ्तारी थियो । ‘दुई बन्दुके’ भनिने क्रोलेलाई एक प्रहरी हत्याको आरोपमा गिरफ्तारी गरिएको थियो । क्रोलेलाई पक्राउ गर्न १५० जना प्रहरी र केही जासुसहरू संलग्न थिए । दुईहप्तासम्म दुईजना प्रहरी पछि लागेर उसलाई पक्राउ गरिएको थियो ।
त्यस दिन न्युयोर्कको एक ठूलो भवनमा प्रेमिकासँग रहेको अवस्थामा क्रोलेलाई पक्राउ गरियो । पक्राउ गर्न लाग्दा प्रहरीमाथि नै निरन्तर फायर गरेकोले घरको भित्तोमा प्वाल पारेर अश्रुग्यास हानेर उसलाई समातिएको थियो ।
चुरोट, रक्सी जस्ता कुनै अम्मलको लत नभएको क्रोलेले केही दिनअघि एक प्रहरीको हत्या गरेको थियो । सडककिनारामा कार रोकेर आफ्नी प्रेमिकासँग रोमान्स गरिरहेको उसलाई प्रहरीले लाइसेन्स माग्यो । त्यही निहुँमा तत्कालै उसले प्रहरीमाथि लगातार गोलि प्रहार ग¥यो । त्यतिले मात्र नपुगेर लडेको लासमाथि पनि निरन्तर प्रहार गरिरह्यो ।
मैँले यो प्रसङ्ग किन यहाँ उल्लेख गरेको भने उसलाई फासी दिनु केही अघि उसले सगर्व बोलेको थियो ‘मेरो छातिभित्र थकित, शान्त र दयालु मुटु छ । म कसैलाई कहिल्यै नोक्सान पु¥याउन सक्दिन ।’
अब वर्तमान नेपालको कुरा गरौँ । नेपालका सबैजसो गुण्डा र हत्याराहरू आफुलाई समाजसेवी ठान्छन् । क्रोलेलेझैँ दयालु मान्छे ठान्छन् ।
केही हप्ताअघि मात्रै गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले एक आपराधिक चरित्रको व्यक्तिलाई नियुक्त गरेको भनेर आलोचना भयो ।
यिनले त आफूलाई महान मात्र ठानेनन् रमेश खरेल र नेपाल प्रहरीलाई नै गुण्डा भनिदिए । भ्रम पैदा हुन्छ यिनका कुरा सुन्दा । यी समाजसेवी, राजनितिज्ञ हुन् भने सच्चा समाजसेवी र राजनितिज्ञ चाहीँ को हुन् ? यिनलाई सम्झेर तिनले के ठान्लान आफूलाई । यिनको गुण्डागर्दीका बिरुद्ध यिनलाई कानुनी दायरामा ल्याएका कारण प्रहरी गुण्डा भए ।
यिनकै कुरामा व्यवहारतः सहमत देखिन्छन् राजनैतिक दल र नेता पनि । राजनैतिक परिवर्तनको नाममा २०५२ देखि २०६२ सम्म आफ्ना विरोधीहरू माथि तरबार र बन्दुक चलाए, के फरक छ र अहिले पनि ? सरकारमा बसेर जनतालाई भेन्टिलेटर, आइसियु वा समग्रमा उपचार उपलब्ध गराउन नसक्नुमा । फरक तरिकाले मान्छे मार्नु नै हो ।
खर्च गर्न नसकेको अनेक शीर्षकमा अनेकथरी बजेट भएर पनि हातबाट काम खोसिएका जनतालाई दुईछाक खान नदिनु र महामारीले छटपटिएकालाई उपचार नदिनु उसबेला खुकुरी हानेर तड्पाइ तड्पाइ मार्नुभन्दा केही फरक छ र ?
फेरि एकछिन अमेरिकाकै बिगत हेरौँ । अमेरिकाका २६ औँ राष्ट्रपति थियोडोर रुजबेल्टले जब आफ्नै दलका विलियम हावर्ड टाफ्टलाई राष्ट्रपतिमा समर्थन गरे, जिताए । अनि आफू सिकार खेल्न अफ्रिका गए ।
फर्केपछि रुजबेल्टले टाफ्टलाई देश र जनताप्रति अनुदार देखे । उनकै बिरुद्ध अर्को पार्टी खडा गरे उमेदवारी दिए र टाफ्टलाई नराम्ररी हराए । तर पनि टाफ्टले आफु र रिपब्लिकन हार्नुको कारण आफू भएको स्वीकार गरेनन् । आजका हाम्रा दलका अनुदार नेताको जस्तै चरित्र त्यसबेला त्यहाँ देखिएको थियो । यसको अर्थ हाम्रो राजनीति सय वर्ष अघिको अमेरिकाको भन्दा तल छ ।
धुजाधुजा पारेर पार्टी फुटाउँछन् । सार्वभौम सत्ता राजालाई बुझाउँछन् । देश र जनताप्रति हदैसम्म अनुदार हुन्छन् । महामारीमा रोग र भोकले जनता मरेको थाहासम्म पाउँदैनन् कुर्सी युद्धमा मस्त हुन्छन् ।
जनताले रूचाएका रमेश खरेल, नवराज सिलवाल र कुलमान घिसिङहरूलाई पाखा लगाउँछन् । डङडङी गनाएका भ्रष्टहरूलाई खुलेआम बचाउ गर्छन् । आफ्नो चिल्लो चाकडी गर्ने जो कोहीलाई नियुक्ति पत्र थमाउँछन् र तिनैलाई काखमा लिएर बुबु खुवाउँछन् । अनि आफुलाई तिनैबाट राष्ट्र नायक भनाउँछन् ।
गुण्डा नाइकेहरू चरी र घैटे मर्दा डाँको छोडेर रूनेहरू महामारीले गरिब मर्दा चित्त दुखाउँदैनन् । बरू त्यसबाट आफ्नो सम्पन्ताको अवसर निर्माण गर्छन् । भुकम्पको बिपदमा होस् वा कोरोनाको महामारीमा आफुजस्तै कालो मनका व्यापारीहरूसँग मिलेर कात्रोमासमेत कालोबजारी र कमिसन खान्छन् ।
कुनै दल र नेता त्यसको बिरोध गर्दैनन् । आफु र आफ्नो दललाई नपोस्ने व्यापारीलाई रमेश गोर्खाली, दिपक मनाङे, चक्रे मिलन र स्थानिय यस्तै चरित्र र अनुहारहरू लगाएर धम्क्याउँछन्, असुल्छन् । नसके अर्को बाटो अपनाउँछन् ।
अनि सयवर्ष अघिको अमेरिकन हत्यारा क्रोलेले झैँ भन्छन् मेरो मुटु दयालु छ । म जनताको दुखप्रति आँसु झार्छु । यसको शिक्षा के हो भने अविकसित अवस्थाको राजनैतिक चरित्र र आपराधिक चरित्रमा केही भिन्नता देखिन्न चाहे त्यो जुनसुकै मुलकको होस् ।
राजनीतिमा आपराधिकरण र अपराधमा राजनीतिकरण भनेको यही हो । यसमा थप कालाबजारीकरण, तस्करीकरण, घुसखोरी र भ्रष्टीकरण भएपछि कसरी ऊँभो लाग्छ देश । कसरी उन्तत बन्छ जनताको जीवन स्तर । जब अपराध र राजनीति दुबैको चरित्र एकै छ भने कसलाई कसले मन्त्री बनायो भनेर कराउनुको तुक छैन । दुबै जुम्ल्याहा हुन् ।
राजनीतिबाट भ्रष्ट्राचार, तस्करी, कालाबजारी, घुसखोरी र अपराधलाई अलग गराएर तिनलाई बिषादी खुवाउनुछ भने बोलेर हुन्न अब संगठीत भएर अगाडि नआइ सुख छैन । आफू अघि नसर्ने भए बोल्न छाडौँ । त्यो ढोँग हुनेछ ।
नमिठो लाग्ला तर आँखा चिम्लेर सोचौँ त जसरी गुण्डाको पछि लाग्नेहरू गुण्डा हुन् त्यसरी नै राजनीतिक गुण्डाको पछि लाग्नेहरू पनि उस्तै हुन् । यो कुरा बुझौँ । यी पछुवाहरूको पनि भूमिका छ देशको अधोगति हुनुमा ।
आजको कोराना संक्रमणबाट मात्र होइन यस्ताखाले राजनीतिक संक्रमणबाट देशलाई मुक्त गर्नुछ भने यिनको भरले सम्भव छैन । यो जनताको आरोप होइन । व्यवहारतः उनीहरू आफैँले प्रमाणित गरिसके । अझै पनि हामी उनीहरूलाई विश्वास गर्छौँ भने हाम्रो नालायकी हो ।
आजको मितिसम्म यो दुर्गन्धित राजनीतिको बिकल्प पनि देखिएको छैन । केही सामाजिक संजालमा राजनीति गर्नेहरू दुई पात नहुँदै च्यातिइसके, यिनको पनि आश रहेन ।
सरकारको पात्र फेरिने सम्भावना हट्यो । हिन्दी सिनेमा शैलीमा सहमति बन्यो । त्यही शैलीमा पुनः असहमति आउन सक्छ । तर एउटा चरित्रलाई अर्को समान चरित्रले पालो दिनुको कुनै अर्थ पनि थिएन ।
मेरो दलकोतर्फबाट गगन थापा, विश्वप्रकाश शर्मा वा मिनेन्द्र रिजालको पुस्ता वा यस्तै क्षमता र भिजनले देश चलाउनेछ भनेर ठूलो छाति बनाउन सकेका पनि त थिएनन् अरुले पनि । १० पटक भए पनि म आफैँ हुनुपर्छ । यही लोभले परिवर्तन र विकासका सम्भावनाहरू टरिरहन्छन् ।
तथापि राष्ट्र बिनासक यस्ता पार्टी र नेताको बिकल्प अझै बाँकी छ । हरेक दलमा निष्ठाको राजनीति चाहने असल नेता र कार्यकर्ता धेरै छन् जो आफ्नै दलको नालायकीमा बोल्न सकेका छैनन् ।
ती एक ठाउँमा आउनुपर्छ । स्वच्छ छवि भएका सेवा निवृत्त वा सेवा छाडेरै भएपनि प्रहरी, प्रशासक, पत्रकार, लेखक, कलाकार, विभिन्न पेशाकर्मी, किसान र देशप्रति चिन्ता गर्नेहरू सबै एकसाथ अघि सर्नुपर्छ अब ।
सपनामात्र बोकेर होइन एउटा गतिलो भिजनसहित अघि बढ्नुपर्छ । एकचोटि मुटुमाथी ढुंगा राखेर भएपनि यी सबै दललाई मतदान गर्ने शुभचिन्तकहरु सच्चिनैपर्छ । यिनलाई सुधार्नका लागि पनि यसपटक यिनलाई त्याग्नैपर्छ । घुर्की नै सही ।
सधैँका लागि त्याग्न नसके पनि एक पटकका लागि, यो देश र भावी पुस्ताको भविष्य सोचेर भए पनि यति आँट गर्नैपर्छ । यो आँटिलो निर्णयले देश र जनताका लागि तीनओटा फाइदाहरू हुनेछन् ।
एक, जब यी पाखा लाग्छन् नेपालको राजनीतिमा भएको यस्तो ‘मौन आन्दोलन’ एक ऐतिहासिक सिकाइ हुनेछ । यसबाट अरू देशले पनि सिक्नेछन् । केजरीँवालले दिल्लीमा देखाएको साँघुरो सिकाइभन्दा माथि हुनेछ हाम्रो सन्देश ।
दुई, नव उदय शक्तिले केही त गर्छ । किनभने यसमा नयाँ नेता, नयाँ भिजन र नयाँ उमङ्ग मात्र होइन राम्रो नगरे बढारिन्छु भन्ने डर पनि हुनेछ ।
तेस्रो, लामो इतिहास र संघर्षबाट बनेको तर बाटो बिराएका पुराना दलहरू या त सुध्रिएर आउनेछन् या त कहिल्यै आउने छैनन् । सुध्रेर आए पनि बिलाए पनि देश र जनताको हित नै हुनेछ ।
यति भए देशको राजनीति सुध्रिनेछ । राजनीति फोहोरी खेलको विशेषणबाट मुक्त हुनेछ । नयाँ पुस्ता राजनीतिमा आउनेछ । पलायन भएकाहरू देश फर्किनेछन् । नव युवाहरूले पनि मतदान गर्ने दल भेट्ने छन् ।
विभिन्न नाममा बिरोध मात्र नगरौँ । साँच्चै देशको माया छ र देशलाई योगदान गर्ने रहर छ भने यो अभियान आजैबाट सुरु गरौँ ।
https://rojgarmanch.com/opinion/2021/05/24946/आइजिपी साब, बिरालो कि बाघ ?
अनुभूति : आइजिपी साब, बिरालो कि बाघ ?
- जेष्ठ ८, २०७
जेट ६ गते बिहान फेसबुक खोल्नासाथ देखिएको दृष्यले साँच्चै बिचलित बनायो । दिनमा २ सय भन्दा बढि मानिसको मृत्यु भएको समाचारले जति पीडा दिइरहेको थियो त्यो भन्दा बढी पीडा एकजना प्रियजनको मृत्युले दियो ।
ज्ञात भयो आफन्त वा आफुलाई माया गर्ने मान्छेको मृत्यु कति भयानक हुन्छ । त्यो पनि आफ्नै उमेरको मित्रको मृत्युले अझै कठोर बनेर सताउँदोरहेछ ।
डिएसपी राजकुमार केसीभन्दा अगाडि पनि थुप्रै प्रहरीको ज्यान गइसकेको थियो । हरेक दिन हरेकप्रकारका मानिसहरुको छेउ गइरहनुपर्ने प्रहरीहरू धन्न जोगिएका छन् । यस्तै सहानुभूति र शोक एकसाथ व्यक्त हुन्थ्यो । तर आज झनै बढि निराश भएँ । ०५९ सालदेखिको चिनजान, एकेडेमीमा सँगै तालिम र डिउटी, अनि फेरि निरन्तर सुमधुर सम्बन्ध । सायद यही थियो धेरै चोट महसुश हुनुपर्ने कारण ।
महामारीको अवस्थामा यस्ता दुःखहरु जसलाई जतिबेला पनि पर्नसक्छ । धेरै चिन्ता लिएर पनि हुन्न । यसरी सकारात्मक हुन खोज्दै गर्दा एउटा नकारात्मक सुचना आइलाग्यो । डिएसपी केसीलाई अस्पतालमा भर्ना हुनै सकस भयो रे । चारतिर गुहार्दा पनि बिहान ७ बजे आएको मान्छे राति ११ बजे मात्र बेड मिल्यो रे ।
शोक अब शंका र आक्रोसमा बदलियो । यसअघि मृत्यु भएका प्रहरीहरूले समयमा उपचार त पाएका थिए ? काठमाडौँमा कार्यरत त्यो तहको मान्छेले समयमा भर्ना नपाएर उनका हाकिमले अस्पतालका निर्देशकसँग झगडा गर्नुपर्छ भने झगडा गर्न नसक्नेको के हालत होला ?
प्रहरी अस्पताल कसका लागि ? गम्भीर प्रश्न पनि जन्मियो ।
उनको निधनमा सलामी दिन जसरी जति पुगे तिनको प्रयत्न हरेक प्रहरीको उपचारमा भइदिए ?
म प्रहरी अस्पताल र त्यहाँबाट पाएको सुविधाप्रति सकारात्मक मात्रै होइन अनुगृहित पनि छु । आफू प्रहरी भएकै कारण मेरी आमा, मेरी श्रीमती र छोराका लागि लाखौँको उपचार भएको छ । यो चानचुन सुविधा होइन ।
डिएसपी राजकुमार केसीले अस्पतालमा भर्ना पाएपछि उहाँको उपचारमा कमी आयो भन्ने एकरति पनि सोच्दिन । मलाई पुरा भरोसा छ त्यहाँका डाक्टर र नर्सप्रति । तर कुरा भर्ना हुनै कठिन भयो भन्ने मै जाऔँ ।
समय लाग्न सक्छ । यस्तो महामारीको अवस्थामा विरामीको चाप धेरै हुन्छ, उपचाररत बिरामीलाई निकालेर अर्कोलाई राख्ने कुरा पनि आएन । तर समयको आँकनल गरेर व्यवस्थापन किन गरिएन ।
हरसम्भव व्यवस्थापन गरेर पनि अस्पतालले नै धान्न नसक्ने गरी प्रहरी र तिनका परिवार संक्रमित भएका छन् ? त्यसो हो भने पनि अस्पतालमा स्वास्थ्यकर्मी र स्पेसको कमी छैन । अस्थायी व्यवस्था गरेर पनि उपचार गर्न सकिन्छ । यो अनुभव टेकु अस्पतालको हो । ग्यारेजमा समेत अक्सिजनको व्यवस्था गरेर उपचार गरेको थाहा पाइयो । इच्छाशक्ति छ भने अरूबाट सिक्न सकिन्छ नि ।
सानातिना मान्छेले आँखा लगाउँदा पनि बात लाग्ने भिआइपी वार्ड कसका लागि हुन् ? महामारीले भिआइपी र ननभिआइपी छुटयाएको छैन । बरू भिआइपी नै बढी सुरक्षित छन् । जिम्मेवारी र जोखिमको हिसाबले । यस घडिको उपचारमा तहगत विभेद हुनुहुन्न ।
आफु सुरक्षित रहेकोमा तपाई प्रहरी महानिरीक्षक र अस्पतालका निर्देशक जति ढुक्क हुनुहुन्छ त्यतिनै ढुक्क आम प्रहरी, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी पनि हुनुपर्छ । संक्रमण भइहाले तपाईहरुले जुन स्तरको उपचार र सेवा पाउनुहुन्छ त्यो स्तरको उपचार पाउँछु भन्ने आत्मविश्वास तपाईहरुका सबै कर्मचारीमा हुनुपर्छ ।
त्यो छ ? छैन भने किन छैन ? तपाईहरुका स्वास्थ्यकर्मी र आम प्रहरी तपाईहरुभन्दा कयौँ गुना बढि जोखिममा छन् । उनीहरुलाई समयमा र गुणस्तरको उपचार पाउछु भन्ने आत्मविश्वास भएन भने त्यो भन्दा घातक के हुन्छ देशका लागि । यो घडिमा जुध्न सकिन्छ ? यसले नागरिकको पनि मनोबल घटाउँछ ।
उनीहरूले एउटा मास्क पनि आफैँ किनेर लगाउनुपर्ने, स्वास्थ्य सुरक्षाको भरपर्दो सामग्री किन नपाउने ?
तपाई चढ्ने गाडि र तपाई बस्ने सुरक्षित भवन के के लागि ? तपाईहरूलाई
सुरक्षित र कम जोखिमस्थानमा राखिएको आफ्ना कर्मचारीको ख्याल गर्नु
सक्नुहोस् भनेर हो ।
हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको हुनसक्छ । तर डिएसपी राजकुमार केसी
र अरू प्रहरीको निधनले आम प्रहरीमा के सन्देश गएको छ । जो सडकमा छन् ।
जसले परिवारलाई बिचल्ली मै छाडेर रातदिन खटेका छन् तिनको मनोबलको अवस्था
कस्तो होला ।
अझ राजधानी बाहिरका प्रहरी के सोच्दै होलान् ? काठमाडौँमा आफ्नै अस्पताल भएको ठाउँमा, आइजीपीकै आँखाअगाडि डिएसपीको जिवन बच्दैन भने हामी कसरी सुरक्षित हुन्छौँ ? अनि तिनका परिवार र आफन्तले के सोच्दै होलान् ।
के यो मनोविज्ञान द्वन्द्वकालको जस्तै भयानक होइन ?
प्रहरी अस्पताल आम प्रहरी कर्मचारी, अवकासप्राप्त प्रहरी र तिनका परिवारको आफ्नो अस्पताल हो । होइन भने एकछिन आँखा चिम्म गरेर अस्पताल निर्माता स्व. प्रहरी महानिरीक डिबी लामालाई सोधौँ ।
समयमा भर्ना नपाउने त कल्पना नगरौँ सुचना पाएपछि घरैमा एम्बुलेन्स गएर बिरामी ल्याएर उपचार गरिनुपर्छ । यही उत्तर आउला ।
होइन प्रहरी अस्पताल नेता र नेताका मान्छेका लागि बनाएको थिएँ भनेछन् भने स्वीकार गरौँला । हामी अस्पताल नजाउँला ।
संकटकै वेला हो अभिभावकको भूमिका देखिनुपर्ने । अहिले त सारा ध्यान प्रहरीको स्वास्थ्य सुरक्षामा जानुपर्ने हो । प्रहरी सुरक्षित नभइ नागरिक सुरक्षित हुन्छन् ? जसरी फिल्डमा खटेर प्रहरीले नागिककको सुरक्षा गरेको छ । अस्पतालले प्रहरीको उपचार गर्नु अप्रत्यक्षरुपमा नागरिककै सेवा गर्नु हो ।
प्रहरी अस्पतालले सर्वसाधारणको उपचार थालेपछि प्रहरीहरू वेवास्तामा परेको आरोप दुईवर्ष अघि नै लागेको हो । तथ्य के हो ? सर्वसाधारणको उपचार गर्नका लागि हो की ठूलाहरुका आफन्त, साथीभाइ र चाकडी गर्नुपर्नेहरुलाई आफ्नो बनाउन यसो गरिएको हो । यसको जवाफ सडकका प्रहरी र उसका निरिह परिवारलाई चाहिन्छ ।
नागरिकको मन जित्ने पनि यहीवेला हो प्रहरीले । स्रोत, साधन र क्षमता बढाएर नागरिकको उपचार गर्नसक्नुपर्छ । बन्दै गरेको नयाँ भवनमा अस्थाइ उपचार गर्न सकिन्छ । भूकम्पका वेला झैँ आँगनमै राखेर उपचार गर्न सकिन्छ ।
त्यसका लागि सरकारसँग टेबल ठोकेर लिन सक्नुपर्छ स्रोत साधन । जनताका लागि काम गर्न कसैले रोक्छ भने बोले हुन्छ । यसबेला नबोले कहिले बोल्ने ? तर सस्तो लोकप्रियताका लागि आफू सक्षम नभइ अरुलाई सेवा गर्न खोज्नु सेवा नभइ धोका हुन्छ ।
अस्पतालका निर्देशकज्यू ! यस घडिमा सामान्य अवस्थाको मिहिनेतले मात्र पुग्छ ? सिनियरलाई पछि पारेर जिम्मेवारी सम्हालेपछि काम पनि अरुलाई पछि पार्नेखालको हुनुपर्छ । आसेपासे, आफन्तलाई काखी च्यापेको आरोप चिर्नेवेला हो यो ?
तपाईको क्षमता र मिहिनेतले प्रहरी र नागरिकको जीवन त बच्छ नै आम नेपाली महिलाको प्रतिष्ठा पनि माथी लैजान सक्नुहुन्छ । एउटी नारीले चाहँदा गर्नसक्छे भन्ने देखाउन तपाईबाहेक अरु कसैले तपाईलाई रोक्न सक्दैन । क्षमता प्रदर्शन गर्नेबेला यही हो ।
संगठन प्रमुखले देशभरको सुरक्षाको भार थाम्नुपर्छ । तपाई संगठनको दोस्रो हैसियतमा हुनुहुन्छ । तपाईलाई त्यत्रो भार केही छैन केबल प्रहरी र तिनका परिवारलाई उपचारको प्रत्याभुति दिनुस् । मलाई र मेरो परिवारलाई केही भइहाले डा. आशासिंह हुनुहुन्छ भन्ने भरोसा दिलाउनुहोला । अस्पतालका कर्मचारीलाई कसरी मोटिभेट गर्ने तपाईको काम हो । सरकार वा संगठनबाट कसरी साधनस्रोत ल्याउने तपाईको क्षमता हो । चिकित्सक र नर्सले स्वास्थ्य सुरक्षाका सामाग्री पाएनन् भने काम गर्न सक्दैनन् त्यो तपाईले सोच्ने हो ।
खेल्नुस् न सरकारसँग सिँगौरी । यसबेला पनि नखेले कहिले खेल्नुहुन्छ ? कसैको ज्यान बचाउन सिँगौरी खेल्ने अवसर तपाइको हातमा छ । चाहेर पनि यो अवसर अरुले पाएनन् ।
प्रहरी महानिरिक्षकज्यू ! असीम सम्मान छ तपाईप्रति । आर्थिक अनुशासनमा नेपाल प्रहरीमा होइन नेपालमै अर्को व्यक्ति होला नहोला । तपाईबाट यो अनुशासन र त्याग सबैले सिक्नुपर्छ । आचरण र क्षमता एकै नभए पनि आचरणले क्षमता बढाउनु पर्ने हो । तर आचरणका भरमा मात्र यो समयमा त्यो कुर्सी सोभा दिँदैन ।
असार ५ गते ९३ वर्षको उमेरमा महाप्रस्थान गर्नुभएका आइजीपी खड्गजित बरालप्रति आम सिपाहीहरुको किन त्यतिबिधी श्रद्धा भयो । समकालीन पूर्व आइजिपी नचिन्नेले पनि बराललाई चिनिरहे । बाँच्दा र मर्दा पनि किन सम्मानित भइरहे मलाईभन्दा बढि यहाँलाई थाहा छ ।
हरेक प्रहरीलाई थाहा छ यहाँको बिनम्र स्वाभावले संगठनको बिकृति हटाउन सक्दैन । तर यस घडिमा एउटा भरोसिलो अभिभावकको भुमिका निर्वाह गर्नसक्नुहुन्छ । किनभने यहाँले हरेक भाषणमा भन्नुहुन्छ मेरी पनि एउटी छोरी छिन् । म अभिभावक पनि हुँ । त्यसैले असल अभिभावक हुन आउँछ यहालाई, भइदिनुस् ।
तपाई भरखरै आइजिपी भएकोवेलाको कुरो हो । ट्राफिक एफएममा एकजना ट्याक्सी चालक आएका थिए । उनी पूर्व प्रहरी रहेछन् । मैले तपाइको खुब प्रसंशा गरेँ । उनले प्रतिक्रिया दिए धेरै नफुर्किनुहोला यिनले केही लछार्दैनन् ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख रहँदा चुनाबमा आएको रकम बढी भएपछि शैलेस थापा क्षेत्रीले फिर्ता गर्नुभएछ । अरुले त कागज मिलाएर खान्छन् रे भनेर उनलाई सुनाएँ ।
आर्थिक अनुशासनको मन र तल्लो तहप्रति सकारात्मक हुने मन मुटु फरक
हुनेरहेछ । उनमा त्यो मनमुटु छैन, उनी अनुदार छन् । यसरी तितो पोखे उनले ।
मैले उनको कुरामा आजसम्म पनि विश्वास गरेको छैन । त्यही अविश्वासले यति कुरा लेख्न प्रेरित गरेको छ ।
तपाईंले ०७७ असारबाट नेपाल प्रहरीको नेतृत्व लिनुभयो । सरकारले संक्रमणमा खटिने प्रहरीलाई भत्ता दिन्छु भन्यो । मेची कालीका सबै प्रहरी आफैँ सिंहदरबारमा सरकार भेट्न आउने कुरा भएन । तपाई नक्सालबाट सिँहदरबार पुगेर ल्याइदिन सक्नुभएन ।
यो कुराले ती ट्याक्सीचालक पूर्व प्रहरीको कुरालाई बल दिएको छ ।
वन छेउको खेतमा लगाएको बाली त पाक्यो तर बाँदरले खाइदिन्छ । परिवारका सदस्यसहित गएर बन्दुक पड्काएर बाँदर लखेटेर पनि बालबालिकाको भोक मेट्नुपर्ने दायित्व हुन्छ बावुको । बाँदरले मकै खाएछ, तिमीहरू खाजा नमाग, साँझ एकै चोटी आमाले भात दिन्छे भन्न त नमिल्ला नि ।
तर त्यो कुर्सीले त्यसो भनाउँदो रहेछ । हामीले यो पुगेन त्यो पुगेन भनेर माग्ने होइन । भनेर मुख बुझो लगाएको अनुभव छ लेखकसँग ।
निजामति कर्मचारीले प्रदेश समायोजनमा पाएको सुविधा नेपाल प्रहरीले पनि पाओस् भनेर कुरा गर्दा राज्यव्यवस्था समितिका ९० प्रतिशत सदस्य सहमत थिए । तर तत्कालीन आइजीपी त्यसको बाधक भएको कुरा चासो राख्ने सबै प्रहरीका कानले सुने आँखाले देखे ।
समयको जटिलतालाई देखाएर संगठनका लागि अरु केही नगर्ने छुट हुनसक्छ । तर प्रहरीका नाबालक सन्तान र तिनका यौवना श्रीमतीका आँसुले नपोलोस् । यसका लागि पनि आफ्ना कर्मचारीको उपचारमा कुनै कसर बाँकी नराख्नुहोला ।
यो जस्तो पुञ्यकर्म अरु हुनसक्दैन ।
तिनकै कारण तिनको परिवार संक्रमित भएका छन्, लामो समय प्रहरी सेवामा रगत पसिना बगाएर सेवा निवृत्तहरुलाई पनि नबिर्सिनुहोला ।
यसभन्दा बढि सक्नुहुन्छ भने बाँदर खेद्ने बन्दुक र बन्दुक बोक्ने लाठेहरु लिएर सिंहदरबार, बालुवाटार जानहोस् । ढुकुटीमा ढुँडि पर्न लागेको सम्पति छ त्यो लिएर आउनुहोस् र जनताको पनि उपचार गर्नुहोस् ।
एकजना हवल्दार साबको हातमा पत्र पठाएर त्यति गरिबक्सेला हजुर भनेर फोन गर्दैमा गर्दिबक्सिने कर्मचारीतन्त्र र सरकार छैन ।
छ भने कहाँ छ ? गर्ने र मर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई रुवाएर आफू घरभित्र बसी भत्ता खानमा मस्त होलान् । नपत्याए मन्त्रालयको खर्च हेर्नुहोस् । मलाई गलत साबित गर्नुहोस् ।
वर्दी केही अवस्थामा मात्रै सेवा हो । धेरै ठाउँमा फोर्स नै हो । वर्दी धारण गरेर बिरालो होइन बाघ बन्न सक्नुपर्छ । आइजिपी खड्गजित बरालको किस्सा सबैलाई थाहा छ । तत्कालीन गृहमन्त्रीले प्रहरी संगठनलाई वेवास्ता गर्दा आइजिपीले उनलाई कुन शब्दले गाली गरे ? आइजिपीले मलाई गाली गर्यो भनेर गृहमन्त्रीले राजा विरेन्द्रकहाँ उजुर गरे । राजाले दुबैलाई बोलाए र गृहमन्त्रीलाई नै गाली गरे ।
प्रहरीको वर्दी जति शक्तिशाली बन्छ त्यति नै अधिकार सम्पन्न र सुरक्षित बन्छन्, नागरिक र प्रहरी दुबै ।
सबैसँग सम्बन्ध बनाउन खोज्दा मुख्य जिम्मेवारी ओझेलमा पर्नसक्छ । गृहमन्त्री वा मन्त्रालयसँग सम्बन्ध बिग्रिएका प्रहरी महानिरीक्षकहरुलाई हेर्ने हो भने उहाँहरुले खराब काम गरेर होइन खराब काम गर्न रोकेका कारण हो । र जजसको सम्बन्ध राम्रो जस्तो देखियो राम्रो काम गरेर होइन प्रहरी संगठनलाई केही नगर्न वा बिगार्नमा सहयोग गरेर हो । संगठनलाई माया गर्ने सबैलाई थाहा छ ।
समयमा सही निर्णय गरेकाहरू नै सफल भएका छन् । अरुबाट सिक्नु बुद्दीमानी हुनेछ नत्र पश्चाताप मात्रै ।
अवकासपछि मैले के गरेँ पछि फर्केर हेर्दा असन्तुष्टी र पश्चातापमात्रै नदेखियोस् । जीवनभर जलाएर मार्छ त्यसले । त्यसपछि आफ्नो कर्मलाई दोहोर्याएर सच्याउने अवसर पनि त पाइदैन ।
त्यो कुर्सीमा नपुग्नेले मात्रै म भएको भए यसोउसो गर्थेँ भन्ने हो पुगेकाको त्यो भन्ने अवसर पनि गुमिसकेको हुन्छ ।
समय बाँकी छ श्रीमान् ! रोकिएका प्रमोशन र अरु धेरै काम गर्न नसकेपनि प्रहरीको स्वास्थ्य सुरक्षामा अर्जुन दृष्टि लगाउनुहोला । यति गर्दा पनि कसैको ज्यान गए उसका आफन्तका अगाडि आँखा जुदाएर बोल्न सक्नुहुनेछ । र आइजिपी बरालले जत्तिकै जीवन र निर्जिवन दुबैमा उस्तै श्रद्धा र आशिर्वाद पाउनुहुनेछ ।
जयनेपाल !
Sunday, April 19, 2020
अनुभूति : ‘हात्तिलाई मान्छे बोकाऊ, मान्छेलाई हात्ति नबोकाऊ https://rojgarmanch.com/opinion/2020/04/11974/’
बलियाले नै दुर्बललाई बोक्नुपर्छ दुर्बलको बुई चढ्नुहुन्न बलियाहरु । चेतना भया ।
अनुभूति : प्रहरीको युनियन भनेकै ‘जनता’
अनुभूति : प्रहरीको युनियन भनेकै ‘जनता’
आँखा रसाए । रोक्नै नसकिने गरि बगे मेरा आँसुहरु । हृदय बाउँडियो अनियन्त्रित भएर ।
प्रहरीको जुनी पाएकोमा आज तेस्रोपटक झरेका हुन् खुशीका आँसु । २१ वर्ष पहिले पहिलो पटक वर्दी लगाएर परेड प्रदर्शन पछि सत्य, निश्पक्ष, लोभ, लालच र भयरहित भएर देश र जनताको सेवा गर्ने कसम खाएको थिएँ । त्यही दिक्षान्त समारोहमा आफ्नी आमालाई साक्षी राखी सपथ लिँदा पुछेको थिएँ आँखाका डिलहरु ।
तथापी आफ्नो जीवन र पेशा सार्थक भएको छ । म आफू, परिवार, आफन्त र देशले हिनताबोध गर्ने कुनै काम गरेको छैन । आर्थिक अनुसाशन र पेशागत मर्यादामा दृढ छु । वर्दीको बदनाम गर्नेहरु आफ्ना दुश्मन ठानेको छु सधैँ । तिनकै कारण आफ्नो पेशागत परिचय दिन हिचकिचाहट गर्नु परेको छ । वर्दीधारीले नै वर्दीमाथि छेपेको हिलो पुछ्दै बितेको छ आशलाग्दो आधा जीवन ।
गणेशमानसिंहले भनेका थिए रे जनता भेडा हुन् । आज मलाई पनि त्यस्तै लागेको छ । सत्य, सेवा र सुरक्षाप्रति एकोहोरो प्रेम प्रदर्शन गरेका छन् जनताले । त्यसैले त मेरो मन आभारी बनेर आँखाहरु बगेका हुन् ।
प्रहरी कर्म प्रसस्तै जस र स्याबासी पाउने कर्म हो । जो हरेक अवस्थामा दुखी र पीडितहरुका लागि काम गर्छ ऊ कसरी अपजसिया हुनसक्छ ? अपेक्षाकृत काम नगर्दा वा गर्न नसक्दा वा गर्दागर्दै असफल भएका कारण अपजसिया भएको कुरा स्वीकार गर्नुपर्छ ।

